अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरूषको तस्बिर सार्वजनिक

muna-pandey
लोकपाटी न्यूज

काठमाडौं। अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ। अभियुक्तको पहिचान भने खुल्न सकेको छैन। बुधबार ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो।

सीसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन्। होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया पाण्डेको आफ्नै घरमा हत्या गरिएको थियो। फुटेजमा देखिएको ती व्यक्ति मुनाका प्रेमी भने नरहेको बताइएको छ।

प्रहरीले अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको छ। चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनिएको छ। मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्