काठमाडौं। आज साउनको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ। साउनको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्।
बोलबम तीर्थालुहरूको पनि देशभरका शिवालयमा घुइँचो छ। काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ।
पशुपतिनाथ मन्दिरमा पूजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रुका लागि बिहानैदेखि सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरू व्रत, पूजापाठ, दानलगायत काम गर्दछन्। यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ।



लोकपाटी न्यूज

