काठमाडौं। आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’ को टिजर सार्वजनिक भएको छ। अभिनेता धिरज मगर र अभिनेत्री उपासनासिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मको टिजरमा धिरज र उपासन प्रेमभाव र माओवादीको जनयुद्धले गाउँमा पारेको प्रभाव देखाउन खोजिएको छ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशक अशोक थापा मगर हुन्। लेखन समेत मगरकै रहेको फिल्ममा निर्माता वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतानमगर छन् भने सह-निर्मातामा मानबहादुर धनाहमगर र सुस्मिता बुढाथोकी हुन्।
मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायाङ्कन छ। फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायत कलाकारको अभिनय छ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत छ।



लोकपाटी न्यूज

