सुर्खेत। कर्णाली प्रदेश सरकारका चार नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सत्ता साझेदार दल नेपाली काँग्रेसतर्फका प्रदेशसभा सदस्य राजीवविक्रम शाह (जाजरकोट), घनश्याम भण्डारी (दैलेख), सुरेश अधिकारी (सल्यान) र विजया बुढा (हुम्ला)ले आइतबार मन्त्री पदको शपथ लिएका हुन्।
शाह आर्थिक मामिला तथा योजना, भण्डारी सामाजिक विकास, अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण र बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त भएका थिए।



लोकपाटी न्यूज