काठमाडौं। गायिका शान्तिश्री परियारले आफूले गाएको गीतले दर्शकको मनमा ठेस पुगेको भन्दै माफी मागेकी छन्। गायिका परियारले गाएका केही गीतको चौतर्फी आलोचना भएपछि उनले माफी मागेकी हुन्।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत रहेकी उनले संस्था र दर्शक दुवैको हितविपरीत रहेको भन्दै विज्ञप्ति जारी गर्दै माफी मागेकी हुन्।‘बिस्ताराले पोल्यो’ गीत गाएर आफूले गल्ती गरेको उनले स्वीकार गरेकी छन्। गीतको भिडियोको केही दृष्यांशहरूको कारण दर्शक, स्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्षमा नकारात्मक असर परेको उनले बताएकी छन्।




लोकपाटी न्यूज

