भारतमा पहिरोमा परेर एक नेपालीसहित ३६ जनाको मृत्यु

pahiro
सांकेतिक तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। भारतको केरलामा पहिरोमा परेर एक नेपालीसहित ३६ जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको हो।

थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। केरलमा भारी वर्षा भइरहेको छ। केरल राज्य विपद व्यवस्थापन, सेना लगायत विभिन्न उद्धारकर्मीको टोली पनि खटिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्