काठमाडौं। जापानमा बस्ने नेपालीले ल्याएको तीज गीत रहरैमा यतिबेला चर्चामा छ। नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गरेर जापानमा बस्ने नेपालीहरूले ल्याएको तीज गीत रहरैमा यतिबेला सबैको मन मस्तिष्कमा बस्दै चर्चामा रहन सफल भएको हो।
पछिल्लो समय तीजको छेको पारेर भड्किला गीतहरू आइरहेको समयमा तेजेन्द्र भण्डारीको प्रस्तुति रहेको तीज गीत रहरैमा भने नेपालीपन सुहाउँदो उत्कृष्ट प्रस्तुति आएको हो। उक्त गीतलाई रमेश निर्दोष र सुनिता बुढा क्षेत्रीले आवाज भरेका छन्।
जापानमा बस्ने नेपाली छोरी अनि जापानी बुहारी विभिन्न सामाजिक कार्यहरूमा सक्रिय कल्पना क्षेत्रीले यही गीतमार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छन्। सामाजिक कार्यमा लागिरहेकी कल्पना तीजसँग नेपाली नारीहरूको भावना जोडिएको कारण आफू तीज गीतमार्फत नै मोडलिङमा प्रवेश गरेको बताइन्।
कल्पनाका अलावा म्युजिक भिडियोमा राज श्रेष्ठ, तुलसा सापकोटा, अविरल अधिकारी, इन्दिरा केसी र कृष्ण सापकोटाले अभिनय गरेका छन्।



लोकपाटी न्यूज

