काठमाडौं। नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक रामु पौडेलले पाएका छन्। १४ साउनदेखि लागु हुने गरी बैंक सुपरीवेक्षण विभाग कार्यकारी निर्देशक पौडेलले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।
राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक पौडेललाई आजदेखि कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो। विशिष्ट श्रेणी अधिकृत पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।



लोकपाटी न्यूज

