मौद्रिक नीति : सहकारी नियमनका लागि छुट्टै संयन्त्र

mahaprasad adhikari
लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको नियमनका लागि छुट्टै संयन्त्र बनाउन सरकारसँग समन्वय गर्ने भएको छ।

शुक्रबार बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका लागि आवश्यक कानुन बनाउन नेपाल सरकारसँग समन्वय गर्ने उल्लेख छ।

पछिल्लो समय सहकारीहरूमा बचतकर्ताको निक्षेप हिनामिना हुने घटना बढिरहेकाले पनि नियमनका लागि छुट्टै संयन्त्र निर्माणको माग हुँदै आएको थियो।