कोष्टाव्लाङ्कामा सम्मानित हुँदै गायक विष्णु खत्री

Bishnu khatri
लोकपाटी न्यूज

स्पेन। युरोप सांगीतिक टुरमा रहेका चर्चित दोहोरी गायक विष्णु खत्रीले स्पेनमा रहेका नेपालीमाझ विशेष सांगीतिक प्रस्तुति दिने भएका छन्। स्पेनको कोष्टाव्लान्कामा विशेष कार्यक्रम हुन लागेको हो। कोष्टाव्लाङ्कामा रहेका नेपालीका विभिन्न संघ संगठनले सम्मान गर्न लागेका हुन्।

कोष्टाव्लाङ्का निवासी केशर बहादुर थापाले कार्यक्रममा गायक खत्रीलाई सम्मान समेत गरिने बताए। यहि जुलाई २९ गते सोमबार सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो। दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रम अन्तर्तगत पहिलो चरणमा सम्मान तथा अन्तक्र्रिया कार्यक्रम हुनेछ।

दिउँसो साढे २ बजेदेखि साँझसम्म सांस्कृतिक कार्यक्रम हुनेछ। कार्यक्रम आलिकान्तेको खाबिया स्थित नेपाली विन्डिया रेष्टुरेन्टमा हुँदैछ। गायक खत्री परदेशीले भोगेका दुःखलाई लोकगीत मार्फत उजागर गर्दै आएका छन्। विष्णु खत्रीका भरिया दाइले बिसाउने भारी, जम्मु कास्मिरमा, दुना टपरी लगायतका गीतहरु निकै लोकप्रिय छन्। कोष्टाव्लाङ्का निवासी केशवराज कँडेलले कोष्टाव्लाङ्बासी नेपालीहरु लोकसंस्कृति जगेर्नामा एकजुट बनिरहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्