काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आईएमई बैंकका ग्राहकलाई अस्पतालमा उपलब्ध स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलीप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका हुन्।सम्झौता अनुसार अस्पतालले बैंकका डेबिट-क्रेडिट कार्ड एव्म बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई औषधि उपचारका लागि अस्पतालमा दश प्रतिशतसम्म छुट प्रदान गर्नेछ।
अस्पतालले बैंकका ग्राहकलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरू डायगोनेस्टिक, ओपीडीलगायत सेवा तथा आकस्मिक सेवाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ।
ग्लोबल आईएमई बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।



लोकपाटी न्यूज

