प्रदर्शनको बाह्रौं दिनमा प्रभासको ‘कलकी’, कति कमायो ?

लोकपाटी न्यूज

एजेन्सी। दक्षिण भारतीय अभिनेता प्रभासको मुख्य भूमिका रहेको फिल्म ‘कलकी २८९८ एडी’ले प्रदर्शनको दोस्रो हप्तामा पनि व्यापार गरिरहेको छ। प्रदर्शनको बाह्रौं दिनमा पनि घरेलु बजारमा यसको व्यापारमा कमी आएको छैन।

घरेलु बजारमा ‘कलकी २८९८ एडी’को व्यापारले ५०० करोडको आकंडा पार गरेको छ। फिल्मले एघारौं दिन आइतबार ४४.३५ करोड ग्रस कलेक्सन गरेको थियो। योसँगै यस फिल्मको ग्रस कलेक्सन ५१० करोड पुगेको हो। छोटो समयमा ५०० करोडको व्यापार गर्ने यो चौथो भारतीय फिल्म बनेको छ।

‘बाहुबली २’ले सात दिन, केजीएफ २ ले आठ, आरआरआरले आठ दिनमा यो आकंडा पार गरेका थिए। यो फिल्मले शाहरुख खानको फिल्म ‘जवान’को रेकर्ड छिट्टै तोड्ने अनुमान गरिएको छ। जवानले विश्वभरबाट १,१६० करोडको व्यापार गरेको थियो, जुन शाहरुखको सबैभन्दा बढी व्यापार गर्ने फिल्म हो।

‘कलकी २८९८ एडी’ एघारौं दिनमै ९१० करोड ग्रस कलेक्सन गरेको छ। अबको केही दिनमै यो फिल्मले जवानको रेकर्ड तोड्ने अनुमान गरिएको छ। यस फिल्ममा प्रभाससहित अमिताभ बच्चन, दीपिका पादुकोणको समेत मुख्य भूमिका रहेको छ। यस फिल्मका लेखक र निर्देशक नाग आश्विन हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्