सुन्दर हमालको लोक गीत ‘तातो पानी’ सार्वजनिक

pic
लोकपाटी न्यूज

काठमाडौं। सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ। गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ।

डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि क्षेत्रीले गरेका हुन्। अजय रेग्मीको छायाङ्कन र अमृत चापागाईको सम्पादन भिडियोमा छ। सुन्दरको यस अगाडि सुन ठिटा हो , पारी ठुली भिर , उखुमै भयो नी लगायतका दजनौं गीत चर्चामा रहेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्