गायक राजेश पायल राईलाई विमानले फर्कायो

Rajesh_Payal_Rai
लोकपाटी न्यूज

काठमाडौं। गायक राजेश पायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ। फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरेको पाइएपछि अर्को उडानमा जान भन्दै झारेको विमानस्थल स्रोतले जनाएको छ।

अत्यधिक मदिरा सेवन गरेका राईले धेरै हो-हल्ला गरेपछि जहाजले कम्प्लेन नै गर्नु परेको थियो। बोर्डिङ पास गरेर जहाजमा पुगिसकेका राईलाई कम्प्लेन आएपछि प्रहरीले जहाजबाट बाहिर निकालेको थियो। तर उनी सामान्य अवस्थामा आएपछि दुबई उड्न सक्ने प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्