गायिका सुमित्रा तामाङको नयाँ गीत सार्वजनिक

लोकपाटी न्यूज

काठमाडौं। लोकदोहोरी गायिका सुमित्रा तामाङ र गायक खेम सेन्चुरीको आवाज रहेको गीत ‘मान्छे सोझी छ’ सार्वजनिक भएको छ। उक्त गीत गायिका तामाङको आफ्नै आधिकारिक युट्युब च्यानल ‘सुमित्रा तामाङ’मार्फत सार्वजनिक गरिएको हो।

गीतमा नेत्र अर्यालको शब्द रचना रहेको छ भने गायक खेम सेन्चुरी आफैँले संगीत भरेका छन्। यस गीतको म्युजिक भिडिओमा गायिका सुमित्रा आफैँ र विनोद भण्डारीले अभिनय गरेका छन्। भण्डारीको नै निर्देशन रहेको गीतमा समाजमा घट्ने समसामयीक विषयवस्तुलाई समावेश गरेको छ।

‘मत गाउँले मगरकी छोरी’ बोलको बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी सुमित्राले ‘यो जुनेली रात,’ ‘दौतरी,’ ‘मलेखु माछा,’ ‘सम्झना बिर्सनाको साथी’ ‘चौतारीको बर’लगायत दर्जनौँ गीतमा आवाज दिइसकेको बताइन्। धादिङको नीलकण्ठ नगरपालिका-१४ अधेरिमा जन्मिएकी गायिका तामाङले यस गीतलाई पनि पहिलाका गीतहरूलाई जस्तै दर्शक श्रोताहरूले मन पराइदिने आशा गरेको सुनाइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्