चैते दशैं पर्व मनाइँदै आज

durga-Devipic
लोकपाटी न्यूज

काठमाडौं। आज चैते दसैँ। यस वर्ष तीन वटा दशैँ परेका छन्। यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने २ वटा चैते दसैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरेको छ।

चैते दसैँ असोज–कार्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिविम्ब चाडका रूपमा मानिन्छ। पहिलेपहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो भनेर पुराना कथनहरूमा सुन्न सकिन्छ। यो समयमा खडेरी पर्ने, मौसम बदली साथै दसैँको खानेकुरा अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ।

भारत, बङ्गलादेश अनि म्यानमारमा चैते नवरात्रि भनेर मनाउने चलन छ। नेपालका सुदूरपश्चिम भेगमा पनि मुख्य चाडकै रूपमा मनाउने गरिन्छ।चैते दसैँलाई कतिपय ठाउँमा सानो दसैँ भनेर मान्ने चलन छ। देवी शक्तिको दानवीय शक्तिमाथि विजय उत्सवका रूपमा मनाइने चैते दसैँमा पनि मुख्य दसैँमा झैँ विभिन्न शक्तिपीठहरुमा पशु बलि भोग दिने गरेर मनाइन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्