काठमाडौं। गायक बाबु बोगटीको स्वरमा रहेको गीत ‘फेरि त्यो दिन’ को भिडियो सार्वजनिक भएको छ। गीतमा जेम्स प्रधानको शब्द, संगीत रहेको छ भने एरेन्ज सञ्जीव बराइली तथा साजन शाहको मिक्सिङ र मास्टरिङ रहेको छ।
भिडियोमा अलिजा गौतम, ललना चिमरिया र युवराज खतिवडा फिचर्ड छन्। भिडियोमा अलिजा गौतम र युवराज खतिवडालाई रोमान्टिक भावमा देख्न सकिन्छ। उनीहरु एकअर्काप्रति निकै खुलेका छन्।
प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा दिपु पौडेलको मेकअप, उत्तम हुमागाईंको छायांकन, माधव बेलबासेको कलर र सम्पादन रहेको छ। भिडियो बाबु बोगटी अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो।



लोकपाटी न्यूज

