काठमाडौं। फागु पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ। फागुन शुक्ल अष्टमी (आइतबार) बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चिर उठाइएको हो।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ।
यही चैत ११ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट अर्थात् १२ गते फागु पर्व मनाइने छ।



लोकपाटी न्यूज

