लोक सेवा आयोगद्वारा दुई सय ९१ जना सुब्बाको लागि आवेदन माग

लोकपाटी न्यूज

काठमाडौं। लोक सेवा आयोगले २ सय ९१ जना नायव सुब्बाका लागि आवेदन माग गरेको छ। बुधवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले ठुलो सङ्ख्यामा सुब्बा माग गरेको हो।

जसमध्ये धनकुटाका लागि ५३, जलेश्वरका लागि ३४, काठमाडौँका लागि ८८, पोखराका लागि ३३, बुटवलका लागि ३६, सुर्खेतका लागि २०, दिपायलका लागि २३ र राष्ट्रिय मानव अधिकार आयोगका लागि ४ जना रहेका छन्। आयोगले माघ १६ गतेसम्म आवेदन दिने मिति तोकेको छ भने प्रथम पत्रको परीक्षा फागुन २६ गते हुने जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्