सुर्खेत। कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। शाहले प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिएका हुन्। शाह प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुन्।
उनी दैलेख क्षेत्र नं २ को (२) बाट निर्वाचित भएका थिए। शाहले शपथ लिइसकेपछि अरु सदस्यलाई शपथ गराउने कार्यक्रम आज नै रहेको छ। प्रदेशसभा सचिवालयका अनुसार आजै अपराह्न ३ बजे शपथको तयारी भइरहेको जनाइएको छ।



लोकपाटी न्यूज
