चितवन। चितवनका संचारकर्मी रामु आचार्यको ‘पानी सेतीको’ गीत सार्वजनिक गरिएको छ। युट्युव च्यानल ह्याप्पी मिडिया रामु आचार्य मार्फत् उक्त गीत सार्वजनिक गरिएको हो। गीतमा रामु आचार्यसंगै दोहोरी च्याम्पियनमा तृतीय हुन सफल भाइरल दोहोरी गायिका रिता रावतको आवाज रहेको छ। गीतमा लय तथा थेगो संकलन कृष्ण अधिकारीको रहेको छ भने शब्द आचार्यले नै लेखेका हुन्।
सुर संगीत डिजिटल स्टुडियो अनामनगर काठमाडौंमा रेकर्ड गरिएको गीतको एरेन्ज केबी भण्डारीले गरेका छन भने राजीव शाहको अडियो मिक्सिंगमा गीत तयार भएको हो। चितवनको रमणीय स्थानहरुमा छायांकन गरिएको गीतको अधिकांस दृश्य भने मनिखोला रत्ननगर-११ मा खिचिएको गायक आचार्यले बताए। रवि कोइराला र मदन अछामीको छायांकन रहेको गीतको भिडियोको कोरियोग्राफी भने रत्ननगरमा रहेको ड्रिम्स डान्स एकाडेमीले गरेको हो।
पुजन लामिछानेको ड्रोन अपरेटिङमा गायक आचार्यले नै गीतमा सम्पादक र निर्देशकको भूमिका निभाएका छन्। गीतमा रामु आचार्य, यसोदा तिमल्सिना, प्रकाशमणि सापकोटा, टीकाराम लामिछाने, विष्णु प्रसाद चालिसे र तोयानाथ अधिकारीको अभिनय रहेको छ। गीतमा लोकल माटोको सुगन्ध समेटेका कारण पनि यसलाई श्रोता दर्शकहरुले माया गर्नेमा आशावादी रहेको गायक आचार्यले बताए।



लोकपाटी न्यूज

