नेपाल चलचित्र तथा संस्कृतिक प्रतिष्ठान र टिम क्वेटविच पाँच वर्षको लागि सम्झौता

pic samjhauta
लोकपाटी न्यूज

काठमाडौं। निफको आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृतिक प्रतिष्ठान र टिम क्वेटविच पाँच वर्षको लागि सम्झौता भएको छ। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) को आयोजना सन्दर्भमा टिम क्वेष्टसँग भेन्यू पार्टनरको लागि सम्झौता भएको हो। सम्झौता पत्रमा निफको अध्यक्ष केपी पाठक र टिम क्वेष्टका महाप्रवन्धक प्रशंसा पाण्डेको हस्ताक्षर रहेको छ।

उक्त सम्भौता अनुसार अब निफमा छनौट भएका चलचित्रहरु हलमा प्रदर्शन हुनेछन् र हाल काठमाडौ उपत्यकाका क्युएफएक्स हलमा प्रदर्शन हुनेछन्। भविष्यमा काठमाडौं बाहिर पनि विस्तार गर्न सकिने कुरा निफका अध्यक्ष केपी पाठकले बताए। विगत ६ वर्षदेखि नियमितरुपमा आयोजना हुँदै आएको निफ नेपालको एक स्तरिय अन्तर्राष्ट्रिय महोत्सव भएकोले यस सहकार्यले उचाई अझै बढ्ने क्वेष्टका संचालक भाष्कर ढुंगानाले बताए।

जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारासहित विगत ६ वर्षदेखि नियमित रुपमा आयोजना भईरहेको निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड चलचित्रको ७ वटा विधामा आवेदन दिइने सकिने छ। राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन भर्न पाइन्छ। अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको लागि शुल्क लाग्नेछ भने राष्ट्रिय प्रतिष्पर्धाको लागि निस्शुल्क रुपमा आवेदन दिन पाउने कुरा जानकरी गराउँदछौ।’

राष्ट्रिय र अन्तर्राष्ट्रियका सबै आवेदनहरु अनलाइन प्लेटफर्म www.filmfreeway.com/niff2023 मार्फत् पुस १०, २०७९ डिसेम्बर २५ २०२२ सम्मलाई आवेदन दिन पाइने विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै छैटौं निफ २०२३ आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म  (२०२३ मार्च १६ देखि २० तारिखसम्म) काठमाडौंमा हुनेछ।

फेष्टिभलले निर्धारण गरेको मापदण्ड अनुसार फिल्म पेश गर्नुपर्छ। सबै आवेदन डिसेम्बर २५, २०२२ को विस्तारित (अन्तिम) समय सीमा अघि गरिनु पर्ने जनाइएको छ। अन्तिम समय सीमा भन्दापछि पेश गरिएका र मापदण्ड पुरा नगरिएको चलचित्रहरू स्वीकार नगरिने जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्