काठमाडौं। निर्देशक सुदर्शन थापाद्वारा निर्देशित नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक भएको छ। भदौ १७ गतेदेखि रिलिज हुने फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको मुख्य भूमिका रहेको छ।
फिल्ममा उनीहरुसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। गायक समेत रहेका सोनमले यो फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन्।
फिल्ममा सोनम, पूजा र आकाशबीचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई दर्शाउन खोजिएको छ। शुक्रबार सार्वजनिक भएको २ मिनेट ५५ सेकेन्ड लामो ट्रेलरमा पूजा, सोनम र आकाशको प्रेम जीवनमा आउने उतार चढावलाई प्रस्तुत गरिएको छ। ट्रेलरमा प्रेमिल र वियोगान्त संवादलाई समेटिएको छ।
एवि इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मको कथा महेश दवाडीले लेखेका हुन भने सौरभ लामाले छायांकन गरेका छन्। फिल्मको निर्मातामा अमित बस्नेत, सह(निर्मातामा परी राना र अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम रहेका छन्।



लोकपाटी न्यूज

