सरु गुरुङ रानाको निर्देशनमा तिज गीत ‘म त हजुर नेपाली’ सार्वजनिक

pic 55
लोकपाटी न्यूज

लन्डन। गायिका सुजाता काफ्ले र गायक प्रकाश कटुवालको नयाँ तिज गित म त हजुर नेपालीको म्युजिक भिडियो सार्वजनिक भएको छ। बिनोद ढकालको शब्द र प्रकाश कटुवालको संगीत रहेको गीतलाई डोलराज बरघरेले एरेन्ज गरेका हुन्।

बिगत लामो समयदेखि आफ्नो परिवारको साथमा वेलायत बस्दै आएकी निर्देशक, कलाकार तथा कोरियोग्राफर सरु गुरुङ रानाको निर्देशनमा तयार भएको म त हजुर नेपालीको म्युजिक भिडियोमा मौलिकता झल्किएको छ। म्यूजिक भिडियोमा कमेडि च्याम्पियनका फस्र्ट रनरअप खड्क बहादुर पुन मगर (खबपु) डान्सर निर आले, प्रतिष्ठा त्रिपाठी, ऋतु पुन र दिपक मैथाने मगरको अभिनय रहेको छ।

म्यूजिक भिडियोलाई छायाकंन र सम्पादन भने सुमन श्रेष्ठले गरेका छन्। भिडियोलाई बेलायतको बिभिन्न रमणीय स्थानमा छायाकंन गरिएको छ। प्रवासमा रहेका नेपाली दिदी बहिनीहरुको कथा बोकेको गीतले नेपाली गोर्खालीकी छोरी प्रति गर्व गरेको विषय समावेश गरिएको छ। गीतले गोर्खालीको पहिचान बोकेको नेपाली भेषभुषा र संस्कृति झल्किने गुन्यो चोली लगाएर यो तीजमा नाच्छु भन्ने भाव प्रकट गरेको छ। बेलायतमा नेपाली मौलिक तीज गीतको संरक्षण गर्दै दिदी बहिनीहरुलाई तीज मनाउन प्रेरित गर्ने उदेश्यले तिज गित ल्याएको गायिका सुजाता काफ्लेले बताइन्।

भिडियो हेर्नुहोस :

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्