एजेन्सी। चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ। योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो।
तीव्ररूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ।
पछिल्लो पटक मृत्यु भएका सातै जना दीर्घरोगी भएको बताइएको छ। अधिकारीहरूका अनुसार उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित थिए। मृत्यु भएकामध्ये पाँच जना ७० वर्षमाथिका रहेका बताइएको छ। त्यस्तै, सांघाईमा बुधबार थप १८ हजार नयाँ संक्रमित भेटिएका छन्।



लोकपाटी न्यूज

