काठमाडौं। साताको कारोबारको चौथो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सनु तोलामा १५ सय रुपैयाँले घटेको हो।
आज सुन तोलाको एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि सुन मंगलबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज नेपाली बजारमा चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर तोलको १३ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। यसअघि चाँदी मंगलबार तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको थियो।



लोकपाटी न्यूज

