बिना र सुन्दर अभिनीत ‘मकै पिन्नु जाँतोमा’ सार्वजनिक (भिडियोसहित)

लोकपाटी न्यूज

काठमाडौं। गायिका मेलिना राई र गायक रमेश राई एकसाथ ‘मकै पिन्नु जाँतोमा’ बोलको म्युजिक भिडियो साथमा आएका छन्। प्रेमी शैलीको गीतमा निशा नेम्वाङको शब्द रहेको छ भने विष्णु पोल्वाङ्छा चाम्लिङ राईको संगीत रहेको छ। यस गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा बिना राउत, सुन्दर घलान र रमेश राईको अभिनय रहेको छ। सनम तामाङले छायाङ्कन गरेको यस भिडियोमा केशव राज भट्टको कोरियोग्राफी रहेको छ। अर्जुन खड्काको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएकाे हो।

गायक राईको युट्युब च्यानल रमेश राई मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्