काठमाडौं। नयाँ वर्षको पहिलो कारोबार दिन नेपाली सेयर बजारमा गिरवाट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक २९. ६ अंकले घटेर २ हजार ३ सय ८५. ६४ विन्दुमा झरेको छ।
आज जम्मा १ अर्ब ४४ करोडको कारोबार भयो। जसमा आइतबार बैंकिङ ८, ब्यापार ६, होटल तथा पर्यटन ६३, विकास बैंक ६६, जलविद्युत ६०, फाइनान्स ४२, निर्जीबन बीमा १२०, उत्पादन ८८, अन्य ३४, माइक्रोफाइनान्स ४४ र जीवन बीमा उपसमूहमा २०० अंकको गिरावट आएको छ।
दोहोरो अङ्कले बजार घटेको दिन दुई सय ३३ कम्पनीका ३४ लाख सात हजार कित्ता शेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएकाे छ। सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ४९ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भयो।
आज सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनीको शेयर १० प्रतिशतले घटेको छ। समग्रमा बजार घटे पनि नेस्डो समृद्ध लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।



लोकपाटी न्यूज

