काठमाडौं। साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य स्थिर रहेको हो।
गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १ हजार ५०० रुपैयाँ थियो। आज पनि छापावाल सुन र तेजाबी सुनको मूल्य सोही कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यस्तै, नेपाली बजारमा चाँदीको मूल्य पनि स्थिर रहेको छ। गत शुक्रबार प्रतितोला १४ सय १५ रुपैयाँ तोकिएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।



लोकपाटी न्यूज

