काठमाडौं। साताको कारोबारको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
आज छापावाला सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम गरिएको छ।
यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १४१५ रुपैयाँका किनबेच भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १४०० रुपैयाँ निर्धारण गरिएको थियो।



लोकपाटी न्यूज

