काठमाडौं। साताको कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो।
आज सुन १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार सुन तोलामा १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय तोकिएको महासंघले जनाएको छ। यसको मूल्य आइतबार प्रतितोला ९९ हजार ८ सय थियो।
त्यस्तै, आज नेपाली बजारमा चाँदीको स्थिर रहेको महासंघले जनाएको छ। सोमबार पनि चाँदी १ हजार ३६५ कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९४१ डलर आसपास कारोबार भइरहेको छ।



लोकपाटी न्यूज

