काठमाडौं। यात्रामा कोही अपरिचित मान्छे भेटियो एकै नजरमा मन पर्यो तर बोल्न र मनको भावना पोख्न नसकेको त्यस्तो कहिले अनुभव गर्नु भएको छ ? भर्खरै यस्तै कथामा आधारित म्युजिक भिडियो ‘निशब्द’ सार्वजनिक भएको छ।
यस गीतमा गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् भने अस्ट्रेलियामा रहेका अर्का चर्चित संगीतकार टिका दाहालले सङ्गीतबद्ध गरेका हुन्। राहुल प्रधानको गीतमा संगीत संयोजन रहेको छ।
म्युजिक भिडियोमा स्वयम् गायिका सुरक्षा सेन्चुरी र नायक आकाश श्रेष्ठ फिचर्ड छन्। बुद्ध थापाले छायाङ्कन गरेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका सेन्चुरीको युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।



लोकपाटी न्यूज

