काठमाडौं। साताको कारोबारको पाँचौ दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
आज ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि, मंगलबार तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य ९८ हजार ५ कायम गरिएको छ।
आज नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। बुधबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ३४ रुपैयाँ निर्धारण भएको छ।



लोकपाटी न्यूज

