आज पनि सेयर बजार घट्यो

लोकपाटी न्यूज

काठमाडौं। साताको कारोबारको चौथो दिन पनि पनि सेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधरबार सेयर बजारको परिसूचक २३.३२ अंकले घटेर २,४२८.७५ पुगेको हो।

आज दिनभर जम्मा २२६ कम्पनीको ४३ लाख ७९ हजार ४२ सेयर किनबेच हुँदा १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ रुपैयाँ २२ पैसाको कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा बढी हो।

कारोबार भएका कुल कम्पनीमध्ये १५६ कम्पनीको मूल्य घटेको छ भने जसमा ३३ कम्पनीको मूल्य बढेको छ। बाँकी ६ कम्पनीको मूल्य स्थिर छ।