काठमाडौं। साताको कारोबारको चौथा दिन नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोल ३ सय रुपैयाँले घटेको हो।
नेपाली बजारमा आज सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि मंगलबार सुन ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
बुधबार तेजावी सुनको मूल्य तोलाको ९८ हजार तोकिएको छ। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। प्रति तोलामा पाँच रुपैयाँले घटी १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकपाटी न्यूज

