काठमाडौं। साताको कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घेटको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला ९८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाली बजारमा आइतबार सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १३ सय पचास रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



लोकपाटी न्यूज

