काठमाडौं। साताको कारोबारको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार ३०.८९ अंकले घटेर नेप्से २५१३ अंकमा कायम भएको छ। कारोबार रकम जम्मा १ अर्ब ४६ करोडमा खुम्चिएको छ। कुल १९ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो, ४ को स्थिर रहृयो।
सबै उपसमूह घटेका छन्। बैंकिङ ८, विकास बैंक ५५, फाइनान्स ३०, होटल तथा पर्यटन २३, जलविद्युत ३९, लगानी १, जीवन बीमा २१६, उत्पादन ४९, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा १७४, अन्य ६४ र ब्यापार उपसमूह २८ अंकले घटे ।
तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेस्डो लघुवित्तको मूल्य १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा सूर्या लाइफ, सिद्धार्थ इन्स्योरेन्स, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः सबैभन्दा अगाडि रहे।



लोकपाटी न्यूज

