सवारी दुर्घटना हुँदा शिक्षकको मृत्यु

Accident-1
लोकपाटी न्यूज

दमक। झापामा सवारी दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

शनिबार बिहान ५ बजे अर्जुनधारा-६ स्थित सडक किनारमा पिकअप भ्यानले ठक्कर दिँदा दुर्गा माध्यमिक विद्यालय गरामनीमा कार्यरत ५३ वर्षीय शिक्षक कृष्णप्रसाद निरौलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दमकले जनाएको छ। प्रदेश १-०१-००१-च ९१०७ नम्बरको पिकअपले ठक्कर दिँदा शिक्षक निरौलाको घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै, सोही पिकअपको ठक्करबाबाट बिर्तामोड-५ का ४५ वर्षीय अर्जुज उप्रेतीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका छन्। उप्रेतीको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ।

पिकअप चालक फरार रहेको र खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्