काठमाडौं। बिहीबार सेयर बजारको परिसूचक नेप्से करिब २४ अंक घटेको छ। २३.९५ अंक घटेपछि परिसूचक २५४४ अंकमा कायम भएको छ। १ अर्ब ८९ करोड रुपैयाँको कारोबार भयो। ब्यापारबाहेकका सबै उपसमूह घटेका छन्। सो उपसमूह १८ अंक बढ्यो।
बैंकिङ ६, होटल तथा पर्यटन ७९, विकास बैंक १०३, जलविद्युत ५६, फाइनान्स ५७, निर्जीबन बीमा ३९, उत्पादन २७, अन्य २६ र माइक्रोफाइनान्स ४५ र जीवन बीमा उपसमूह १७९ अंक घटे। तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढ्यो।
इमर्जिङ नेपाल, राष्ट्रउत्थान लघुवित्त र नेस्डो लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो। नारायणी डेभलपमेन्ट र युनाइटेड मोदीको मूल्य साढे ४ प्रतिशत बढी घट्यो। कारोबार रकमका आधारमा इमर्जिङ नेपाल, एभरेष्ट इन्स्योरेन्स, नागरिक लगानी कोष, नबिल बैंक र युनियन लाइफ क्रमशस् सबैभन्दा अगाडि रहे।



लोकपाटी न्यूज

