अछाममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

Death pic
सांकेतिक चिन्ह
लोकपाटी न्यूज

अछाम। ट्याक्टर दुर्घटनामा घाइते भएका चालकको उपचारका क्रममा बिहीबार अछाम अस्पतालमा मृत्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका५ लयाँटीका २४ वर्षीय भूपेन्द्र शाहीको मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ।

विनायकबाट सामग्री बोकेर लयाँटी गइरहेको भे १ त ८९३४ नम्बरको ट्याक्टर सोही वडाको बाबाचौरमा बुधबार बेलुकी करिब ८ बजेतिर दुर्घटना भएको थियो।

दुर्घटना भएको ट्याक्टरमा च्यापिएका चालकलाई तत्काल उद्धार गरेर अछाम अस्पतालमा ल्याएर उपचार थालिएको थियो।

घाइते शाहीको शरीरका विभिन्न स्थानमा गहिरो चोट लागेका कारण उपचार हुन नसकेपछि मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्