काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबारको तुलनामा प्रतितोला १ सय रुपैयाँ बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९८ हजार ९ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९८ हजार ४ सय रुपैयाँ पुगेको छ।
चाँदीको भाउ भने बुधबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३५० रुपैयाँमा कारोबार भइरहेको छ।



लोकपाटी न्यूज

