सलमान खानलाई धम्की, ‘एक दिन तिम्रो पनि पर्दाफास हुनेछ’

Salman_Khan
लोकपाटी न्यूज

एजेन्सी। बलिउड अभिनेता सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले हालै सोसल मिडियामार्फत् सलमानमाथि अप्रत्यक्ष रुपमा केही आरोप लगाएकी छिन्। उनले आफ्नो पोस्टमार्फत् कसैको नाम नलिई बलिउडका हार्वे वेनस्टेनलाई धम्की दिएकी छिन्। साथै, उनले ऐश्वर्या राय बच्चनको नाम पनि लिएकी छिन्। स्मरण रहोस्, हार्वे विन्स्टेन हलिउडका चर्चित निर्माता र फिल्म निर्माता हुन्। हार्वेमाथि एक, दुई नभई थुप्रै महिला र नायिकाले बलात्कार, कुटपिट र धम्कीको आरोप लगाएका थिए।

सोमीले अप्रत्यक्ष रुपमा सलमानलाई दिइन् धम्की

सलमानले आफ्नो पोस्टको क्याप्सनमा लेखिन्, ‘बलिउडका हार्वे विन्स्टेन, एकदिन तिम्रो पनि पर्दाफास हुनेछ। जुन महिलालाई तिमीले दुरुपयोग गरेका छौँ, एकदिन उनीहरु अगाडि आउनेछन् र वास्तविकता बताउनेछन्। जस्तै ऐश्वर्या राय बच्चनले गरेकी थिइन्।’

ऐश्वर्याको कारण भएको थियो सलमान-सोमीको ब्रेकअप 

सोमीले एक पुरानो अन्तरवार्तामा सलमानसँग आफ्नो सम्बन्धबारे कुरा गर्दै भनेकी थिइन्, ‘सलमान मेरा पहिलो प्रेमी थिएा। तर ऐश्वर्या राय बीचमा आइन् र मेरो सम्बन्ध टुट्यो। म किशोरी हुँदा नै मेरो सलमानमाथि क्रस थियो। यहि क्रसले मलाई फ्लोरिडाबाट भारत ल्याइपुर्यायो। मैले फिल्ममा यसकारण काम गर्न सुरु गरेको थिएँ ताकि म सलमानसँग विवाह गर्न सकूँ।’ सन् १९९७ मा सलमानको निकटता ‘हम दिल दे चुके सनम’ को सेटमा ऐश्वर्या रायसँग बढ्यो र सोमीसँग उनको ब्रेकअप भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्