गठबन्धनबारे निर्णय लिँदै काँग्रेस, चुनावी तालमेलको प्रस्ताव तयार

congress_padadhikari
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा तालमेलबारे आज निर्णय लिने भएको छ। काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम सकिएसँगै आज यसबारेको प्रस्ताव पेस हुने भएको हो। काँग्रेसले चुनावी गठबन्धन गर्ने गरी निर्णयको खाका तयार पारेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले चुनावी तालमेल गर्ने गरी निर्णयको खाका तयार पारेको बुझिएको छ। उक्त खाकासहितको प्रस्ताव दिउँसो ३ बजे बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्न लागिएको छ। चुनावी तालमेलको प्रस्ताव पार्टी बैठकबाट अनुमोदन गराउने समझदारी भएको काँग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए।

‘बिहान बसेको बैठकमा हामी पदाधिकारीहरूले आफ्नो विचार राखेर हिँडेका छौं। महामन्त्रीज्यूहरूले निर्णय लेखेर कार्यसम्पादनका साथीहरूसँग छलफल गर्ने र केन्द्रीय समितिबाट अनुमोदन गराउने समझदारी भएको छ,’ आङ्देम्बेले भने, ‘गठबन्धन कुन तहबाट कसरी गर्ने भन्ने निर्णय भने पछि हुनेछ।’

उनले अहिले नै कुन तहमा गठबन्धनको निर्णय कसले गर्ने भन्ने विषय नटुंगिएको जानकारी दिए। एक पदाधिकारीका अनुसार निर्णयको ड्राफ्ट महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले तयार गरेका छन्। काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो ३ बजे बस्दै छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्