काठमाडौं। साताको कारोबारको तेस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको भाउ तोलाको ९८ लाख ७ सय रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, नेपाली बजारमा आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घेटको छ। सोमबार १३ सय ८० मा कारोबार भएको चाँदीको मूल्य मंगलबार १३ सय ७० म कायम भएको महासंघले जनाएको छ।
त्यस्तै, आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



लोकपाटी न्यूज

