काठमाडौं। रुस र युक्रेनबीच आज मंगलबार पनि टर्कीमा शान्ति वार्ता हुँदैछ। वार्तामार्फत् रुसलाई तत्काल युद्धबिराम गराउने युक्रेनको तयारी छ।
युद्धबिरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्ने युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाको भनाई छ। रुस भने युक्रेनलाई निशस्त्र बनाई तटस्थ हैसियतमा पु¥याएपछि मात्रै हतियार बिसाउने योजनामा छ।
यसैबीच, रुसी सेनाले युक्रेनको उत्तरी क्षेत्रमा रहेको चेर्निहाइभ शहरलाई चारैतिरबाट घेरा हाल्दा दसौं हजार मानिस बिचल्लीमा परेका छन्।
सो शहरका अस्पताल, सिनेमा हल र स्टेडिएममा गरेको आक्रमणका कारण सर्वसाधारण मारमा परेका हुन्। रुसी सेनाले शहरका आवासिय भवनहरुमा मिसाइल आक्रमण गर्दा सयौं घरहरु ध्वस्त भएका छन्।



लोकपाटी न्यूज

