काठमाडौं। साताको कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य प्रतितोला प्रतितोला ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख लाख ५ सय रुपैयाँमा कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ निर्धारण गरिएको छ।
सोमबार नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ। आइतबार १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदीका मूल्य सोमबार १ हजार ३ सय ८० रुपैयाँमा निर्धारण गरिएको छ।



लोकपाटी न्यूज

