काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ‘तटस्थ राष्ट्र’ हुने गरी रुससँग शान्तिवार्ताको तयारीमा रहेको बताएका छन्। उनले सो धारणा सार्वजनिक गर्दै उक्त कदम तेश्रो पक्षले मान्नुपर्ने र जनमत संग्रहमार्फत् अनुमोदन आवश्यतामा जोड दिए ।
‘सुरक्षा र तटस्थता, गैरआणविक क्षेत्रको रुपमा हाम्रो सम्प्रभुता-हामी त्यसमा केन्द्रीत हुन चाहन्छौँ, यो सबैभन्दा मुख्य कुरा हो।’ रुसी पत्रकारहरुले सोधेको प्रश्नमा जेलेन्सीकीले भिडियो अन्तर्वार्तामा सो धारण रोखेका थिए।
मस्कोले सो भिडियो सार्वजनिक नगर्न आग्रह गरे पनि स्थानीय मिडियाले बाहिर ल्याएको हो। रुसी सैन्य हमलामा चेचेन्यामा भएको क्षति भन्दा बढीरुसी भाषी युक्रेनी शहरहरुमा सबैभन्दा बढी क्षति भएको उनले सो भिडियोमा बताएका छन्।



लोकपाटी न्यूज

