रुसमाथिको प्रतिबन्ध हटाउन बेलायतले राख्यो यस्तो शर्त

Liz_Truss
लोकपाटी न्यूज

एजेन्सी। बेलायतले रुसमाथिको प्रतिबन्ध हटाउन युक्रेनबाट रुसी फिर्ता हुनुपर्ने शर्त राखेको छ। बेलायतकी​ विदेश मन्त्री लीज ट्रसका अनुसार रुसले अन्य उग्र व्यवहार पनि देखाउन नहुने शर्त पनि बेलायतले राखेको छ।

सन्डे टेलिग्राफको एक अन्तर्वार्तामा रुसले पूर्ण रूपमा युद्धविराम गर्नुपर्ने र युक्रेनबाट फिर्ता हुनुपर्ने बताएकी हुन्। प्रतिबन्धलाई कडा उपाय भएको र रुससँगको वार्तामा यो प्रयोग हुने पनि उनले बताएकी छन्। प्रतिबन्ध हटाउनुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य अभियान रोक्नुपर्ने ट्रसले बताएकी छन्।

यदि भविष्यमा मस्कोले युक्रेनमाथि उग्र व्यवहार देखाएमा पुनः प्रतिबन्ध लगाउने सम्भावना भएको समेत उनले बताइन्। आफूले विदेश मन्त्रालयमा विशेष छलफल एकाइ स्थापना गरेको र यो टोलीले भावी शान्तिको वार्ता गर्न सक्ने उनले बताइन्। रुसमाथिको प्रतिबन्ध पुरै हटाउन सकिने विषयको बारेमा बोल्ने उनी पहिलो बेलायती अधिकारी हुन्।

योभन्दा अगाडि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिनकेनले पनि उनीहरूका लागि प्रतिबन्ध स्थायी रूपमा लगाउने गरी नआएको बताएका थिए। यदि पुटिनले आक्रामक व्यवहार रोकेमा आर्थिक प्रतिबन्ध पनि रोकिने उनले बताएका छन्।