काठमाडौं। साताको कारोबार पहिलो दिन नेपाली बजारमा सुनचाँदीसुनचाँदीसुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि शुक्रबारकै सुनचाँदी कारोबार भइरहेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ छ। यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
गत शुक्रबार सुनको मूल्यमा ६०० को वृद्धि आएको थियो। तोलामा ६०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य १ लाख ९ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम थियो। जुन, आजकै मूल्य हो।
त्यस्तै, नेपाली बजारमा आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ रहेको महासंघले जनाएको छ। गत साताको अन्तिम कारोबार दिन शुक्रबार पनि चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ रहेको थियो।



लोकपाटी न्यूज

