पल शाहविरुद्धको बहस सकियो, फैसला केही बेरमा आउने

Pal Shah
लोकपाटी न्यूज

काठमाडौं। नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहविरुद्धको बहस सकिएको छ। आज जिल्ला अदालतमा उनीविरुद्धको बहस सकिएको हो।

शाहलाई जेल पठाउने वा धरौटीमा छोड्ने भन्ने आदेश आउन बाँकी छ। जिल्ला अदालत तनहुँका वैतनिक वकिल शिवराज काफ्लेका अनुसार शाहका पक्षबाट १२ जना वकिलले र सरकारी पक्षबाट ९ जना वकिले बहस गरेका थिए।

तनहुँ प्रहरीले शाहविरुद्धको अनुसन्धान फाइल ७ चैतमा जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो। शाहविरद्ध नाबालिग गायिकाले बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएकी थिइन्। उजुरीपछि १५ फागुनमा शाह तनहुँ प्रहरीमा उपस्थित भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्